बलिउड निर्देशकसँग हेमराज र सरोजको सहकार्य हुने
निर्देशक हेमराज बिसी र निर्माता सरोज न्यौपानेले नयाँ फिल्मको तयारी गर्दैछन् । यो फिल्ममा विसी र न्यौपानेको सहकार्य बलिउडका निर्मातासँग हुने भएको छ । नयाँ फिल्म ‘एमएस धोनी’ निर्देशक निरज पाण्डेको फ्राइडे फिल्मवर्क्स र अनन्या फिल्मस्को व्यानरमा निर्माण हुनेछ ।

निर्माता सरोज न्यौपानेले भने पाण्डेसँग सम्झौता भैसकेको कुरा स्विकार गरेका छन् । यद्पी फिल्मका कलाकार र प्राविधिक भने पक्का भैसकेका छैनन् । हेमराज बिसीले निर्देशन गर्ने फिल्मको कथा, पटकथा तथा संवाद बलिउड निर्माता तथा निर्देशक निरज पाण्डेले नै तयार गरिरहेका छन् ।
फ्राइडे फिल्मवर्क्स निर्देशक तथा निर्माता निरज पान्डे र शीतल भाटियाले स्थापना गरेको प्रोडक्सन कम्पनी हो । यो कम्पनीले बलिउडमा ‘अ वेनस्डे’, ‘ट्वाइलेट एक प्रेमकथा’, ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’, ‘रुस्तम’, ‘बेबी’ जस्ता सफल फिल्महरु बनाएका छन् ।
निर्देशक हेमराज विसी र निर्माता सरोज न्यौपानेले यसअघि ‘ग्याङस्टर ब्लुज’मा सहकार्य गरेका थिए ।