अनमोलको लुकाउनु पर्ने लुक्स कसरी भयो रिलिज ?
केही साता अगाडी नायक अनमोल केसीको कपाल माथि निर्देशक झरना थापा र पिता भुवन केसी बिच मतभेद भएको खबर सार्वजनिक भएका थिए । अनमोलको सोही कपालवाला लुक्स यतिबेला टिकटकमा भाइरल भएको छ ।

अनमोलले कपाल छोटो बनाएको अस्पतालको लुक्स टिकटकमा अपलोड भएपछि निर्माण पक्ष समेत तनावमा परेको खबर छ । निर्माण पक्ष तनावमा किन त ? बुझिए अनुसार अनमोलको बाहिरिएको लुक्स दर्शकले हलमै हेर्नु पर्ने थियो । अनमोलको बाहिरिएको उक्त लुक्स ‘ए मेरो हजुर ४’ को क्लाइमेक्स तिरको हो । लुकाउनु पर्ने लुक्स बाहिरिएपछि निर्देशक झरना थापाको समुह तनाव पर्न गएको हो ।
सुनिल कुमार थापा निर्मित फिल्म ‘ए मेरो हजुर ४’ को सम्पूर्ण जसो छायाँकन सकिएको छ । फिल्ममा अनमोल र नायिका सुहाना थापाको मुख्य भूमिका छ । भदौ १८ गतेलाई ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको छ ।