‘कबड्डी ४’ मा मिरुना मगर हुने भइन् मुख्य नायिका

फिल्म ‘कबड्डी ४’ मा नायिका मिरुना मगर मुख्य नायिकाका रुपमा अनुबन्धित भएकी छिन् । निर्देशक रामबाबु गुरुङले फिल्मका लागि मिरुना मगरसँगै अर्की नव नायिका गौमाया यात्री पनि पक्का गरिएको जानकारी दिएका छन् ।

निर्देशक गुरुङका अनुसार मिरुना र गौमाया यतिबेला वर्कसपमा व्यस्त छन् । मिरुनाले ‘रोज’, ‘चचाहुईं’, ‘साइनो’ जस्ता फिल्म खेलेपनि गौमाया रजतपटका लागि नयाँ अनुहार हुन् । उनी भ्ल्गर हुन् । ‘कबड्डी ४ द फाइनल म्याच’मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् । फिल्ममा निश्चल बस्नेतको केमियो भूमिकामा रहनेछ ।

यसअघिका सिरिजमा नायिकाको रुपमा रहेका रिश्मा गुरुङ र उपसाना सिंह ठकुरी भने फाइनल म्याचमा रहस्यको रुपमा रहेका छन् । फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने निर्माण पक्षको योजना छ ।

‘कबड्डी ४ फाइनल म्याच’ को प्रदर्शन मिति आउँदो सालको असोज १५ गतेलाई तय गरिएको छ । छायांकन जानु पुर्व फिल्मका सबै कलाकारको पीसीआर परिक्षण गरिने रामबाबुले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha