पशुपति पुगेर बर्षाले गरिन् जन्मदिनको सुरुवात

नायिका बर्षा सिवाकोटीको चैत १७ गते, मंगलबार जन्मदिन हो । आजबाट बर्षा २७ पुरा पुगेर २८ वर्षमा प्रवेश गरेकी छिन् । वर्षालाई जन्मदिनको शुभकामना !

पशुपतिको दर्शन गरेर जन्मदिनको सुरुवात गरेको बर्षाले बताइन् । ‘बिहान पशुपतिको दर्शन गरें । बेलुका परिवारसँगै बस्ने कार्यक्रम छ । दिउँसो खासै केही छैन्’, वर्थडे गर्ल बर्षाले भनिन् । बर्षा आफ्नी आमासँग राजधानीमा बस्दै आइरहेकी छिन् ।

‘नाईं नभन्नू ल २’ डेव्यु नायिका बर्षा सिवाकोटीले करिब एक दर्जन फिल्ममा अभिनय र सय बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । क्युट बर्षाको पछिल्लो समय कलाकार राज कटुवाल सँग प्रेम चर्चा छ । यद्पी उनीहरुले आफुलाई मिल्ने साथीको रुपमा चिनाउँदै आएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha