दिपकराज गिरी ‘सत्रुगते’का सञ्चारकर्मी

‘छक्का पञ्जा’ र यसको सिक्वेलमा राजाको भूमिकामा प्रस्तुत भएका अभिनेता दिपकराज गिरी फिल्म ‘सत्रुगते’ मा कस्तो भूमिकामा प्रस्तुत भएका होलान् ? ‘सत्रुगते मा म सञ्चारकर्मीको भूमिकामा छु’, दीपक भन्छन्, ‘जसरी पनि फरक–फरक समाचार खोज्नु, त्यसलाई मसालेदार बनाएर जनतासामु ल्याउनु मेरो चरित्रको मुख्य कर्तव्य हो ।’ उसो त उनकी जोडी दिपाश्री निरौला भने हरिवंश आचार्यको पत्नीको भूमिकामा प्रस्तुत भएकी छिन् ।

प्रायः सञ्चारकर्मीसँग ‘वाकयुद्ध’ गरिरहने दीपकले ‘सत्रुगते’ मा सञ्चारकर्मीको भूमिका कस्तो निभाएका होलान् त ? दर्जन बढी कलाकार रहेको फिल्म सत्रुगते को यतिबेला विरगञ्जमा छायाँकन भैरहेको छ । प्रदीप भट्टराईले निर्देशन गरिरहेको फिल्ममा मह जोडी, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha