‘ह्याप्पी वर्थ डे’ : कति वर्ष लागिन् ‘ऐश्वर्य’ की दीपिका ?

फिल्म ‘ऐश्वर्य’ डेव्यु नायिका दीपिका प्रसाईंको जन्मदिन खास कात्तिक २३ गते हो । तर अंग्रेजी मितिलाई आधार मान्दै समाजिक सञ्जालमा दीपिकालाई कात्तिक २२ मै जन्मदिनको शुभेच्छा आइरहेको छ । ‘भोलि त विस नै नआउँला जस्तो छ’, दीपिकाले हाँस्दै भनिन् ।

तस्बिर : महेश प्रधान

पहिलो फिल्म बाटै ‘नोटिस’ भएकी दीपिका कति वर्ष पुगिन् होला त ? ‘नढाँटेर भन्नु पर्दा भोलिदेखि २२ लाग्छु’, दीपिकाले ढुक्कसँग भनिन् । पहिलो फिल्म सफल भएपनि दीपिका हतारमा फिल्म खेलि हाल्ने मनस्थितिमा भने छैनन् । आफुलाई थप ‘ग्रुम गरेरे अगाडी बढ्ने’ सोच बनाएकी दीपिका पढाईलाई पनि निरञ्तरता दिने योजनामा छिन् । उनी मास्टर्स पब्लिक एड्मिनिस्ट्रेशन पहिलो वर्षकी विद्यार्थी हुन् । दीपिका र अभिनेता रमेश उप्रेतीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

कैलाली अत्तरिया स्थायी घर भएकी दीपिका ‘ऐश्वर्य’ खेल्नु पुर्व मोडलिङ गर्दथिन् । मोडलिङ हुँदै बिग स्क्रिनमा देखिएकी दीपिकाले फिल्म क्षेत्रमा कस्तो जादु देखाउलिन् ? त्यो भने उनले खेल्ने बाँकी फिल्मले निर्धारण गर्नेछ । ‘ऐश्वर्य’ बाट सम्भावना बोकेकी दीपिकालाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha