‘ओए काजल’का चक्र बमको ‘ऐ जुनु’ रिलिज (भिडियो)

‘ओए काजल’ का चक्र बमले नयाँ गीत ‘ऐ जुनु’ गीत ल्याएका छन् । केशव बडुको एरेञ्ज रहेको गीतमा श्याम श्वेता रसाईलीको मिक्सिङ र मास्टरिङ छ । भिडियो :

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा ‘ऐ जुनु’मा चक्र बम र रचना गौतम फिचर्ड छन् । भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

चक्र बमको ‘ओए काजल’ गीतको भिडियोले हालसालै मात्र दुई करोड भ्युज पाएको छ । ‘ओए काजल’ पश्चात् चक्र बमको भन साली गीतको भिडियोलाई पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्यो । ‘ऐ जुनु’ चाहिं कस्तो होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha