कोरोना लागेपछि सास्ती हुने रहेछ : मदनकृष्ण श्रेष्ठ

बरिष्ठ हाँस्यव्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । आफु सहित आफ्ना परिवारका अन्य चारसदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको मदनकृष्णले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । भई सके पछि सास्ती चाही हुने रहेछ, त्यसैले यो कोरोनालाई खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला । वर्थडे विस गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद !’, मदनकृष्णले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

अप्रिल १९ तारिख मदनकृष्ण श्रेष्ठको ७० औं जन्मदिन हो । मदनकृष्ण पछिल्लो पटक माछीलाई खोलिको लेऊ बोलको म्युजिक भिडियोको छायाँकनमा सहभागी भएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha