‘अमेजन फायर टिभी’ मा पनि ‘सिनेमा घर’ एप्

‘सिनेमाघर’ एप् नेपालको पहिलो ओटीटी हो । कलाकार खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने सुविधा छ ।

यसैबीच, विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टिभीमा पनि ‘सिनेमाघर’ को एप उपलब्ध हुने भएको छ । यसबारेमा सञ्चालक खरेलले भने– ‘अमेजन फायर टिभी’ को जति पनि स्मार्ट डिभाइसहरु छन् त्यसमा अब ‘सिनेमाघर’ चल्नेछ । जसले गर्दा ठूलो स्क्रीनमा फिल्म हेर्न सजिलो हुनेछ । यसबाट हाम्रो ग्राहक बढ्नेमा पनि विश्वस्त छौं ।’

भारतसँगै अमेरिका, यूरोप, अष्ट्रेलिया लगायतका देशमा निकै पपुलर रहेको अमेजनको फायर डिभाइसमा नेपालका थोरै मात्र एप्लिकेशन उपलब्ध छन् । विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमाघर’ को ग्राहक बढ्ने सञ्चालक खरेलको भनाई छ । हाल यो एपमा ‘ डमारुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, सरौतो, मंगलम, बबी, ब्लाइन्ड रक्स, कथा काठमान्डू, मंगलम ’ लगायतका फिल्म हेर्न सकिन्छ ।

यसअघिनै ‘सिनेमाघर’ एन्ड्रोइड टिभी, एन्ड्रोइड फोन तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेट लगायतका स्मार्ट डिभाइसमा उपलब्ध थियो भने क्रोमकास्ट प्रविधिकको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने सुविधा थियो । र अब छिटै नै अफलाइन डाउनलोड को सुबिधा पनि सुरु हुने बताइएको छ ।

सिनेमा घरमा बिस्तारै अरु चलचित्र पनि थपिदै जाने बताइन्छ । सिनेमा घरमा सस्तोमा फिल्म सहित अन्य सामाग्री हेर्न पाइन्छ । दिन प्रतिदिन यो एप् डाइनलोड गर्ने दर्शकको संख्या बढिरहेको सञ्चालक खरेल बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha