केकीलाई कोरोना, ‘घिन्ताङ’को छायाँकन रोकियो

नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ भएको छ । दोश्रो पटकको टेस्टमा पनि कोरोना पोजेटिभ देखिएपछि केकी यतिबेला होम आइसोलेसनमा छिन् ।

नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएपछि फिल्म ‘घिन्ताङ’को छायाँकन प्रभावित हुन गएको छ । दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्मको छायाँकन यही सोमबारबाट सुरु गर्ने तालिका थियो । केकीलाई कोरोना भएपछि फिल्मको छायाँकन रोकिन गएको छ । फिल्ममा केकीसँगै कलाकार गौरब पहारीको मुख्य भूमिका छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पाँच जनाको परिवारलाई पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेसँगै विद्यालय, फिल्म लगायत अन्य क्षेत्र एक महिनाको लागि बन्द गर्ने निर्णय नेपाल सरकारले गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha