बोक्सी प्रथा विरुद्ध ‘अग्निदहन’ : फस्ट लुक रिलिज

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको फिल्म अग्नीदहनको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई पूर्ण रुपले निर्मुल गर्ने उदेश्यका साथ बनेको फिल्म एक सन्देश मुलक फिल्म रहेको जानकरी प्रस्तुतकर्ता कोवित शरण उपाध्यायले दिए । उनले अग्नीदहन फिल्मलाई नेपालका त्यस्ता जिल्लाहरु जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ ति जिल्लाहरुमा प्रदर्शन गरि जनचेतना जगाउने बताए ।


कार्यक्रममा बोल्दै फिल्मका संरक्षक भुवनेश्वर शर्मा पौडेलले अबको १५ बर्ष भित्र नेपालका सबै जिल्ला हरुमा बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्ने उदेश्य मान्छे बोक्सी हुदैन कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले लिएको बताए । सामाजिक सचेतानामुलक अग्नीदहनलाई धौली जस्तो सन्देशमुलक फिल्म निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरण उपाध्याय स्वयमकै रहेको छ ।

नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो फिल्मले समाजमा व्याप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने निर्माण पक्षको दावी रहेको छ । फिल्म एक सन्देश मुलक फिल्म रहेको जानकरी निर्माता कोवित शरण उपाध्यायले दिए । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना निर्माता कोवितशरण उपाध्याय स्वयमकै रहेको छ ।

नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो फिल्मले समाजमा व्यप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने अर्का संरक्षक मोहनराज पौडेलले बताउनु भयो । फिल्ममा अनुपमा भण्डारी , प्रमिला तुलाचन, माउत्से गुरुङ, तुलसा क्षेत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा दिर्घ गुरुङको छायांकन, जेशन कँुवरको पाश्र्व संगित, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha