धरहराको उद्घाटनपछि गौरी मल्लको भावुक स्टाटस

०७२ साल बैशाख १२ गते भूकम्पले ढालेको धरहराको ०७७ साल बैशाख उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ तले धरहराको शनिबार उद्घाटन गरेका हुन् । ढलेको धरहरा उठ्दा अभिनेत्री गौरी मल्लले शनिबारै फेसबुकमा स्टाटस लेखिन् । जुन स्टाटसको चौतर्फी चर्चा भैरहेको छ ।

चौतर्फी चर्चा हुने गौरीले के लेखेकी थिइन् त ? पढ्नुस्, पुरा स्टाटस : धरहरा पटक पटक ढल्यो र पटक पटक उठ्यो पनि । लाग्छ यो पाली धरहराले बलियो बनोट पाएको छ । शानले पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो । धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ? हरेक कोण कोण बाट गिराइसकिएको मेरो देशले शानले फेरी कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै….. ! हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha