अदालतद्वारा निर्माता शाहीलाई क्लिन चिट

फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले क्लिन चिट दिएको छ । ठगी विरुद्धको मुद्धामा आफुलाई सफाई दिएको शाहीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘हाम्रो आस्थाको केन्द्र सम्मानित अदालत हो । आज मैंले पनि न्याय पाएको छु । सम्मानित अदालत प्रती हार्दिक आभार’, शाहीले फेसबुकमा लेखेका छन्, ‘सरकारी पदासिन ब्यक्तीको अधिकार मिसयुज गरी अरुलाई दुःख दिने काम अरुलाई बिगार्न खोज्नुभन्दा पहिला आफुलाई एकपटक सोच्नुपर्छ भन्ने यो गतिलो जवाफ पनि हो । सहयोगी सबैलाई हार्दिक आभार ! न्यायलय भन्दा ठुलो अरु केही छैन् । जय न्यायलय । जय पसुपतिनाथ !’

फिल्म ‘लिलिबिली’ का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो र काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उनी दुई हप्ता हिरासतमा समेत बसेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha