नरमाईलो खबर : अस्ताए प्रेमध्वज प्रधान

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको बिहिबार निधन भएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

केही दिन अगाडि उनलाई छातीमा समस्या देखिएपछि उक्त अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

‘मलाई भाउजूले नै फोन गर्नुभएको थियो । केही समय अगाडि मात्र उहाँको निधन भएको हो । म अस्पताल आइपुगेको छु,’ उनले अनलाइनखबर डटकमसँग भनेका छन् ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha