अक्सिजन अभाव भएकालाई पल शाहको सहयोग

नायक एंव मोडल पल शाहले अक्सिजनको अभावमा रहेका कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै पलले यस कार्यको थालनी गरेका हुन् ।

पल शाहले हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका हुन् । बुधबार उनले केही थान अक्सिजन सहितका सिलिन्डर संकलन र खरिद गरेर भक्तपुर अस्पताललाई निःशुल्क वितरण गरे । अक्सिजन नपाएर कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर आफू निरन्तर सेवामा खटिएको उनको भनाई छ ।

यस्तै पलले हाम्रो टिम नेपाललाई अस्सिजन सिलिन्डर खरिदका लागि २ लाख रुपैयाँ सहयोग समेत गरेका छन् । गत वर्षको लकडाउनमा पनि पलले चलचित्र प्राविधिकलाई राहत वितरण गरेका थिए । लकडाउन खुकुलो भएदेखि केही समयसम्म पल म्युजिक भिडियोको छायाँकनमा व्यस्त थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha