फिमेल भर्सनमा ‘रेलको बाटो’ सार्वजनिक (भिडियो)

स्मृति शाहीको स्वरमा ‘रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक भएको छ । सुरज पण्डितले गाएको गीतलाई लाखौैले रुचाएका थिए । गीमा संगीत पनि उनकै छ । भिडियो :

रेलको बाटोको शब्द रचनाकार लेखराज गिरीले लेखका हुन् । फिमेल भर्सनको भिडियोमा पनि मोडल चिरन्जिबी सापकोटा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उनलाई सरस्वति खत्री र लक्ष्मण देवकोटाले साथ दिएका छन् ।

भिडियोलाई हुम्लामा सुन्दर तबरले खिचिएको छ । यसका छायाँकार अरुण अशोक कुमार हुन् भने सम्पादन पदम सुवेदीको छ । फिमेल भर्सनको अडियो तथा भिडियोलाई पनि दर्शकले रुचाउन सक्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha