२ नम्वर ट्रेन्डिङमा महेशको ‘माया बिरानी २’ (भिडियो)

महेश काफ्लेको पछिल्लो गीत ‘तातो गोली माया बिरानी २’ युटुव ट्रेन्डिङको दोश्रो स्थानमा पर्न सफल भएको छ । महेश आफ्नै शब्द तथा संगीत रहेको गीतमा गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । भिडियो :

गीतमा उदयराज पौडेलको एरेञ्ज छ । निश्चल बस्नेत, स्वस्तिमा खड्का, पुष्कर गुरुङ फिचर्ड भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । हरि हुँमागाईंले खिचेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । भिडियोका निर्देशक अशिमा शाह हुन् ।

महेश काफ्लेको नयाँ गीत तातो गोली माया बिरानी २ लाई सकारात्मक प्रतिक्रिय आइरहेको छ । यो गीतका टुक्काहरुमा टिकटक पनि धेरै मात्रामा बनिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha