म्युजिक भिडियोमा एकसाथ राजेश, करिश्मा, पल र पूजा

महानायक राजेश हमाल, सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर र युवा पुस्तामाझ प्रिय पल शाह अनि पूजा शर्मा फिचर्ड नयाँ गीतको भिडियो रिलिज भएको छ । ‘हल्का हल्का लजाएर’ बोलको गीतमा राजेश, करिश्मा, पल र पूजाको नृत्य देख्न सकिन्छ । भिडियो :

चन्द्र प्रसाईंको शब्द रहेको गीतमा अञ्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन् । एरेञ्ज गोपाल रसाईलीले गरेका हुन् । उत्सब दाहालले खिचेको भिडियोमा देबेन्द्र पाण्डेको नृत्य एंव निर्देशन छ । भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्मा पहिलो पटक एकसाथ भिडियोमा प्रस्तुत भएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha