ट्रेन्डिङमा आकाश, पूजा र आँचलको ‘धारै नखोली’ (भिडियो)

रजतपटका तीन स्टार पूजा शर्मा, आकाश श्रेष्ठ र आँचल शर्माले एकसाथ मोडलिङ गरेको ‘धारै नखोली’ गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिएको छ । गत शुक्रबार अपलोड गरिएको यो गीतको भिडियो यतिबेला ट्रेन्डिङमा उक्लिने क्रममा छ । भिडियो :

अर्जुन पोखरेलको संगीत एंव कम्पोज रहेको गीतमा रोशन अधिकारी र समिक्षा अधिकारीको स्वर छ । भिडियोमा गायक अधिकारी पनि फिचर्ड छन् । विधान कार्कीले निर्देशन गरेको भिडियोको कोरियोग्राफी सुरेन बसेलले गरेका हुन् । उत्सब दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha