निर्देशक भट्टराई दम्पत्तीको प्राविधिकलाई आर्थिक सहयोग

लकडाउनका कारण मारमा परिरहेका चलचित्र प्राविधिकलाई सहयोग गर्ने आइरहेको छ । हाल अमेरिकामा बस्दै आइरहेका निर्देशक श्याम भट्टराई र उनकी श्रीमतीले प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् ।

निर्देशक श्याम भट्टराई र उनकी पत्नी कुसुम तामाङ भट्टराईले प्राविधिक संघको विपद व्यवस्थापन कोषमा पचपन्न हजार ५ सय पाँच रुपैयाँ सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । ‘मर्यादा’, ‘मौसम’ र ‘लंका’ लगायत फिल्महरु निर्देशन गरेका निर्देशक भट्टराई केही सालदेखि अमेरिकामा छन् । नायिका रञ्जना शर्मासँगको सम्बन्ध बिच्छेद पश्चात् उनले केही समय अगाडी कुसुमसँग बिबाह गरेका हुन् ।

श्यामसँगै निर्माता बसन्त श्रेष्ठले पनि चलचित्र प्राविधिकको लागि २५ हजार एक सय १ रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्मदिनमा लकडाउनमा रहेका प्राविधिकलाई निर्माता श्रेष्ठले सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha