‘भाइरल’ बन्दै ‘झ्यानाकुटी’ स्टाईल (फोटो फिचर)

पछिल्लो सयम फिल्म प्रचारमा विभिन्न ‘फर्मुला’ प्रयोग गर्न थालिएको छ । यस्तैमा नायिका निशा अधिकारीले बनाएको फिल्म ‘झ्यानाकुटी’ ले फिल्म प्रचारमा ल्याएको एउटा ‘फर्मुला’ निकै हिट भैरहेको छ । आफ्नो मायालु जोडीलाई बोकेर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने क्रिया ‘भाईरल’ भैरहेको छ ।

सामान्य व्यक्तिदेखि सेलिव्रेटीले समेतले मायालु जोडीलाई बोकेर फेसबुकमा फोटो पोस्ट गरिरहेका छन् । नायिका प्रियंका कार्कीले स्क्रिनका जोडी दिपकराज गिरीलाई बोकेर बुधबार मात्रै फोटो पोस्ट गरेकी छिन् भने अमेरिकामा रहेकी नायिका नीता ढुंगानाले निर्देशक श्याम भट्टराईलाई बोकेर फेसबुकमा फोटो हालेकी छन् । नीता र श्याम मायालु जोडी भने होइनन् ।

आफ्नो फिल्मको प्रचार अभियानले चर्चा पाएपछि निर्मात्री निशा अधिकारी यतिबेला दंग छिन् । ‘यो अभियानले हलमा दर्शक आउन निकै नै मद्धत गर्छ भन्ने विश्वास पलाएको छ’, निशा भन्छिन् । उसो त मायालु जोडी बोकेर फेसबुकमा पोस्ट भएको सर्वाधिक लाइक आउने एक तस्बिरलाई एकाउन्न हजारको पुरस्कार राशी समेत राखिएको छ । एक टेलिभिजन शोमा निशा आफैले पनि पति शरद भेषवाकरलाई बोकेकी थिइन् ।

सिमोश सुनुवार निर्देशित ‘झ्यानाकुटी’ मा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ । नायिका अधिकारीले निर्माण गरेको पहिलो फिल्म मंसिरको १ गतेदेखि दर्शकमाझ आउँदैछ । सौगात र वेनिशासँग गरिएको रमााईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha