“देश र जनतालाई चुनाव चाहिदैन” : प्रियंका कार्की

नायिका प्रियंका कार्कीले अहिले देश र जनतालाई चुनाव नचाहिने बताएकी छिन् । शनिबार बजेट सार्वजनिक भएसँगै गर्भवती नायिका कार्कीले यस्तो राय सार्वजनिक गरेकी हुन् ।

“आँखा खोलेर एकÞ पटक नियाँलेर देशको स्तिथि हेर्नुस् । आहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो आहिले प्राथमिकतामा पर्दैन् । यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ?”, प्रियंकाले प्रश्न गरेकी छिन्, “देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र जिÞम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?”

“हजारौंको दरले दैनिक कोरोना संक्रमितहरू बढिरहेका छन् । अस्पतालमा ठाउँ छैन, भेन्टिलेटर छैन, अक्सिजन छैन, जनताले भ्याक्सिन लाउन पाएको छैन् । निषेधाज्ञा चलिरहंदा जनताले दुई छाक खान पाएका छैनन्, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जुन काम खासमा यो सरकारको हो ।”

“यो सब देख्दा देख्दै पनि आहिलेको नाजुक घड़ीमा ४० अरब चूनावमा खर्च गर्ने ? देश र जनतालाई साँच्चै यही चाहिएको हो त यो समयमा ?”

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha