पृथ्वीचन्द्र अस्पताललाई अग्रहरीको ३० अक्सिजन सिलिन्डर

कोरोना कहरमा थुप्रै नेपाली फिल्मकर्मीले सहयोगी हात अगाडी बढाइरहेका छन् । पल शाह, पुष्प खड्का, नाजिर हुसेन जस्ता नायकले अक्सिजन सिलिन्डर सहयोग गरे । कलाकार प्रमोद अग्रहरीले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

कलाकार अग्रहरीले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरेका हुन् । कलाकार प्रमोद अग्रहरी पर्दामा धेरै जसो भिलेनको रुपमा प्रस्तुत हुने गर्दछन् । प्रमोदले उमा, सुन्तली, संरक्षण, जाइरा, कथा काठमाण्ठू जस्ता फिल्महरुमा अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha