परलोकका ‘आफन्त’ शिव र श्रीकृष्णलाई निरुताको सम्झना

स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ र स्व.निर्देशक शिव रेग्मीलाई अभिनेत्री निरुता सिंहले सम्झिएकी छिन् । फिल्म ‘आफन्त’मा अभिनय गर्दाका तस्बिरहरु फेसबुकमा सेयर गर्दै निरुताले स्वर्गिय सर्जकलाई सम्झिएकी हुन् ।

‘हिजो जस्तै लाग्छ चलचित्र “आफन्त “को छायांकन गरेको । तर आज यो तस्वीर हेर्दा सारै दुःख लाग्छ । यो तस्वीरमा देखिएका निर्देशक, कलाकार अनि प्राविधिक दाजु भईहरुमध्ये का कति जना आज हामी बीच हुनुहुन्न’, दार्जेलिंगमा रहेकी निरुता सिंह लेख्छिन्, ‘श्रीकृष्ण दाई, शिव रेग्मी दाई अनि अरु जती प्राविधदक दाजु भाईहरु सबैलाई हामी यो जीवन भरी माया अनि याद गरि रहनेछौं । तपाईहरुको कमी सधैं भरी खड्गी रहने छ ।’

‘आफन्त’ फिल्मका धेरै सदस्यहरु पराइ भैसकेका छन् । पारिवारिक कथामा बनेको यो फिल्म निकै रुचाइयो र सफल भयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha