दयाको ‘तान्द्रो’ प्रिमियर : बैद्यले हेरेनन् रञ्जुले बोलिनन्

शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘तान्द्रो’ को बुधबार साँझ प्रिमियर गरिएको छ । द्धन्द्धकालिन समयमा तत्कालिन माओवादी पक्षका कमरेड कोशिसको घाइते अवस्थालाई देखाइएको फिल्मलाई प्रिमियरमा प्रशंसा मिलेको छ । साम्तेन भुटियाको निर्देशन रहेको ‘तान्द्रो’ मा अभिनेता दयाहाङ राई कमरेड कोशिसको भूमिकामा प्रस्तुत भएका छन् । भिडियो हेर्नुस् :

‘तान्द्रो’ प्रिमियरमा ने.क.पा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ र विवेकशील साझा पाटीकी रञ्जु दर्शना उपस्थित थिए । तर यी दुई राजनीतिक व्यक्तिले प्रिमियरमा रमाईलो देखाए । बैद्य ‘बा’ प्रिमियर सुरु भएपछि हलबाट निस्किए भने रञ्जु फिल्म सकिंन नपाउँदै टाप कसिंन । फिल्म पुरा सकिंन नपाउँदै उनी मिडिया हाउसको क्यामेराबाट तर्किंदै हलबाट बाहिरिएकी थिइन् ।

‘तान्द्रो’ प्रिमियर निर्देशक वरिष्ठ कलाकार सुनिल थापा, निर्देशक निश्चल बस्नेत, हेमराज विसी, नायिका तथा निर्मात्री निशा अधिकारी, अभिनेत्री सरिता गिरी लगायत उपस्थित थिए । उनीहरुले फिल्मको खुलेर प्रशंसा गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha