नविन के.भट्टराईको नयाँ गीतमा राज र बर्षाको जोडी

नायिका बर्षा सिवाकोटी र कलाकार राज कटुवालबिच पछिल्लो केही समयदेखि प्रेम चर्चा छ । चर्चामा रहेको यो प्रेम जोडी पर्दामा प्रस्तुत भएको छ । गायक नविन के.भट्टराईको नयाँ गीत बर्षा र राजले मोडलिंग गरेका हुन् ।

‘संझिरहन्छु’ बोलको गीतमा गायक भट्टराईकै शब्द, संगीत र स्वर छ । नविनले दुई वर्षपछि नयाँ गीत ल्याउन लागेका हुन् । यो गीतको भिडियोको छायांकन यसै साता नगरकोटमा छायाँकन गरिएको छ । नविना भट्टराईको निर्देशन रहेको भिडियोलाई सौरभ लामाले खिचेका छन् । भिडियो चाँडै नै दर्शकमाझ ल्याउने नविनको योजना छ । बर्षा र राजको यो पहिलो भिडियो हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha