निक्स भाईको आँगनमा अञ्जली दिदीको नाच (भिडियो)

तीज गीतहरु दैनिक जसो सार्वजनिक भैरहेका छन् । सुर्य खड्काको संगीत र अर्जुन सुवेदीको शब्द रहेको ‘चाँदी बटन’ बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियो हेर्नुस् :

गीतमा सम्झना भण्डारी र सुर्य खड्काले स्वर दिएका छन् । शंकर विसीको निर्देशन एवं कोरियोग्राफी रहेको भिडियोमा मोडलद्वाय अञ्जली अधिकारी र निक्स शर्मा प्रस्तुत छन् । अञ्जली र निक्सले भिडियोमा दिदी भाईको भूमिका निभाएका छन् ।

दुर्गा पौडेलको सिनेम्याटोग्राफी रहेको भिडियोको सम्पादन नविनघर्ती मगरले गरेका हुन् । अञ्जली र निक्सले यस पालिको तीज गीतका भिडियो धेरै खेलेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha