प्रियंका र ऋचालाई रेखा, केकी, रिमा र वेनिशाको दही चिउरा

आमा बन्न लागेका नायिकाहरु प्रियंका कार्की र ऋचा शर्मालाई हिरोइन साथीहरुले दही चिउरा खुवाएका छन् । प्रियंका र ऋचाका मिल्ने साथीहरु रेखा, रिमा, केकी र वेनिशा लगायतले शुक्रबार दही चिउराको माहोल सृजना गरेका हुन् ।

प्रियंका र ऋचाको दही चिउरा कार्यक्रम भने नायिकाद्वाय केकी अधिकारी र रिमा विश्वकर्माले तय गरेको बुझिन्छ । जहाँ नायिका रेखा थापा र वेनिशा हमाल पनि सामेल भए । केकी, रिमा, रेखा र वेनिशाले बनाएको दही चिउरा कार्यक्रममा दुई ज्यानका प्रियंका र ऋचा खुसी देखिएका छन् ।

उसो त नायिका प्रियंका कार्कीले आफु गर्भवती भएदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेकी छिन् । बेबी सावरदेखि बेबी स्विमसम्मका प्रियंकाका तस्बिरले चर्चा पाए । यता ऋचा पनि दुई ज्यान लिएर ‘कमेडी च्याम्पियन सिजन २’ मा जज्को कुर्सीमा बसिरहेकी छिन् ।

जे होस्, प्रियंका र ऋचालाई हिरोइन साथीहरुले खुवाएको दही र चिउरा पक्कै पनि स्वादिलो लागेको हुनुपर्छ । गर्भावस्थामा खाएको स्वादिलो दही चिउरा जस्तै रेखा, ऋचा, प्रियंका, केकी, रिमा र वेनिशाको सम्बन्ध पनि सुमधुर रही रहोस्, शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha