पल शाह र मलिका महतको जोडी फिल्ममा के होला ?

पल शाह र मलिका महतको जोडी म्युजिक भिडियोमा जमिरहेको छ । पिएम जोडी फिचर्ड ‘फुलबुट्टे सारी’ देखि ‘आँखामा आउने सपनी’ गीतका भिडियोले युटुवमा करोड बढी भ्युज पाएका छन् ।

शनिबार मात्रै पल र मलिका अभिनित चौथो भिडियो ‘तिम्रो मनमा ए कान्छी’को फिमेल भर्सन सार्वजनिक गरियो । भिडियो सार्वजनिक प्रेसमिटमा पिएम जोडीले म्युजिक भिडियोको सफलतादेखि फिल्मको योजनासम्म सुनाए । म्युजिक भिडियोमा जमिरहेको जोडी चाँडै फिल्ममा देखिने दुवैले स्विकारे । यद्पी कुनै पनि फिल्म खेल्ने भन्ने पक्का भैनसकेको उनीहरुले बताए ।

म्युजिक भिडियोमा हिट मानिएको पल र मलिकाको जोडीलाई थुप्रै निर्माताले प्रस्ताव गरेको बुझिन्छ । पिएम जोडीको पहिलो फिल्म चाहिं केन्द्र मोसन पिक्चर्स बाटै आउने सम्भावना देखिन्छ । म्युजिक भिडियोमा जस्तै फिल्ममा पनि पल र मलिकाको जोडी जम्ला त ? प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha