भुवन र दिपाश्री ‘सम्झिंदै पानी छम्किंदै’ (भिडियो)

गायक सम्राट चौंलागाईंको शब्द तथा संगीतमा ‘सम्झिने पानी छम्किने’ गीत सार्वजनिक भएको छ । रिमेक गरिएको गीतको भिडियोमा भुवन केसी, दिपाश्री निरौला, आकाश श्रेष्ठ र स्वस्तिमा खड्का, गीता ढुंगाना जस्ता स्टारकास्ट छन् । भिडियो :

शनिबार प्रेसमिट गर्दै सम्झिने पानी छम्किने गीतको भिडियो रिलिज गरिएको हो । नेपाली म्युजिक भिडियोका पहिलो मोडल भुवन केसीले दिपाश्री निरौलाको आग्रह र गीत राम्रो भएकाले भिडियो खेलेको बताए । ‘छक्का पञ्जा’ निर्देशक दिपाश्री निरौलाले चाहिं साँगीतिक क्षेत्रलाई चलायमान गराउन आफुले म्युजिक भिडियो गरिरहेको बताइन् ।

भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी एवं निर्देशन छ । गीतमा स्वर चाहिं सम्राटसँगै रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha