चार फिल्म प्रदर्शन, हेर्ने कुन ? (प्रोमो सहित)

कात्तिक २४ गते चार नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । फिल्महरु ‘रोमियो’, ‘मेला’, ‘तान्द्रो’ र ‘सकस’ले हल बाँडफाँड गरेका छन् । उसो त यी चारै भिन्न भिन्न जनराका फिल्महरु हुन् । फ्राइडे रिलिज फिल्म बारे छोटकरीमा चर्चा गरौं :

‘मेला’
आमेश भण्डारी, अशिष्मा नकर्मी र सलोन बस्नेत अभिनित ‘मेला’ युवा पुस्ताको लभ स्टोरी फिल्म हो। बसन्त निरौला निर्देशित फिल्मले कमेडी पक्षलाई पनि अंगालेको छ । हरी पन्तको निर्माण रहेको मेला ले प्रचार प्रसार राम्रै गरेको छ । आमेश र अशिष्मासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘रोमिया’
नायक हसनराजा खानले निर्माण गरेको फिल्म हो ‘रोमियो’ । यो पूर्ण लभ स्टोरी फिल्म हो । शंकर कार्की निर्देशित फिल्ममा हसन सहित नायिका निशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बानुको मुख्य भूमिका रहेको छ । प्रोमो हेर्नुस् :

‘तान्द्रो’
फिल्म ‘तान्द्रो’ लाई बुधबार गरिएको प्रिमियरमा प्रशंसा मिलेको छ । साम्तेन भुटिया निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिका कमरेड कोशिसको भूमिकामा प्रस्तुत भएका छन् । साथमा निर्देशक रामबाबु गुरुङ, राजन खतिवडा लगायत दर्जन बढी थिएटरका कलाकारको अभिनय छ । ‘तान्द्रो’ द्धन्द्ध कालमा घाईते माओवादी कोशिस कमरेडको कथामा आधारित फिल्म हो । प्रिमियरको भिडियो हेर्नुस् :

सकस
एनवी महर्जन निर्देशित फिल्म सकस मा प्रज्वल सुजल गिरी, सुनिल दत्त पाण्डे, प्रिया रिजाल लगायतको अभिनय रहेको छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha