किरण केसीलाई ‘वासुदेव लुइँटेल पुरस्कार’प्रदान गरिने

यसवर्षको वासुदेव लुइँटेल पुरस्कार हाँस्यव्यङ्ग्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । वासुदेव-विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७ कलाकार केसीलाई दिने घोषणा गरेको हो ।

गत शुक्रबार साउन १५ गते बसेको गुठीको वैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाई सकेका केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीकचिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निणर्य गरेको हो ।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हाँस्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशीलप्रतिभाहरूमध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ ।

वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफू सहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कचशर्मा, रामकुमार पाँडे लगायत लेखकका हाँस्यव्यङ्ग्य सम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमावासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हाँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदानगर्ने सुरुवात गरेकाथिए ।

कलाकारसँगै फिल्मनिर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्महो , लक्काजवान । रिलिजको लागितयार रहेको फिल्मकोरोनाभाइरसको महामारीकाकारण प्रदर्शन हुन् सकेको छैन । यसका साथै उनि पछिल्लो समय विज्ञापन, म्युजिक भिडियो, टेलिफिल्ममा व्यस्त छन् ।

यस्तै कलाकार केसीले चितवनमा बैद्य समुहले नियन्त्रणमा लिएको चालिस बिघा जग्गामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनले आफु ट्वान्टी वन समुहको ब्रान्ड एम्वेस्डर मात्रै रहेको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha