बिपना बस्नेतको ‘यात्रा जीन्दगी’को गीत रिलिज

कलाकार विपना बस्नेतको जीवनीमा आधारित सर्ट फिल्म ‘यात्रा जीन्दगी’मा समावेश गीत सार्वजनिक भएको छ । बस्नते आफ्नै शब्द रहेको ‘धेरै हारें धेरै जिते’ बोलको गीतमा टंक बुढाथोकीको स्वर र संगीत छ । भिडियो हेर्नुस् :

यात्रा जीन्दगी लघु फिल्म बिपना बस्नेत आफैं र विशाल पहारीको मुख्य भूमिका छ । दुई सन्तान भएपछि पनि पहिला श्रीमानबाट हिंसा भोगेकी बिपनाले कलाकार दिपक क्षेत्रीसँग नयाँ जीवन सुरु गरेकी थिइन् । कलाकार क्षेत्रीको गत साल निधन भयो । उनको निधन पछि बिपनाले आफ्नै जीवनमा आधारित लघुफिल्म बनाएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha