‘ड्रिम गर्ल’ मा को-को छन् कलाकार ?

निर्देशक ऋषिराज आचार्यले ‘ड्रिम गर्ल’ नामक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको बिहीबार राजधानीको महाराजगन्जस्थित साम्बला होटेलमा शुभमुर्हत गरियो । निर्देशक ऋषिकै लेखन रहेको ‘ड्रिम गर्ल’ की ड्रिम गर्लको भूमिकामा छिन, आश्मा गिरी । लगभग सात वटै प्रदेशमा बिभिन्न चरणमा गरिएका अडिसनबाट आश्मा ड्रिम गर्लका लागि छानीएको निर्देशक ऋषिले बताए ।

फिल्ममा आश्माको जोडीका रुपमा आकाश श्रेष्ठ छ । आकाशले यसअघि म त तिम्रै हुं, तिमीसंग र ब्ल्याक फिल्ममा अभिनय गरिसकेका छन् भने आश्माको यो नै डेब्यु फिल्म हो । दक्षिण भारतको रिल एण्ड रियल सिनेमा नामक कम्पनी र निर्देशक ऋषिराजको आरबि मुभीजको ब्यानरमा निर्माण हुने फिल्मको सुटिङ शुक्रबारदेखि सुरु हुदैछ । फिल्मको मुख्य निर्मातामा अर्जुन शर्मा र निर्देशक आचार्य स्वयम् छन् । त्यस्तै, सहनिर्मातामा रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन छन् । ड्रिमगर्लमा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित प्रमुख भूमिकामा छन् ।

राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका बिभिन्न स्थानमा खिचीने फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिच्नेको कोरियोग्राफी गम्भीर बिष्टले गर्दैछन् । सम्राट बस्नेतले द्धन्द्ध निर्देशन गर्ने फिल्म नवीन निरौलाले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha