बहिष्कारमा परेका दुर्गेश थापाले ‘बहिष्कार’ गीत बनाउने


गायक दुर्गेश थापालाई राट्रिय लोक तथा दोहोरी प्रतिष्ठाले उनको तीज गीत ख्यास्स पुतलीप्रति आपत्ती जनाउँदै बहिष्कार गरेको छ । यही बहिष्कारलाई लिएर दुर्गेशले बहिष्कार नाममा गीत निकाल्ने भएका छन् ।

बुधबार फेसबुक मार्फत बहिष्कारमा परेका दुर्गेशले बहिष्कार को गीत निकाल्ने भएका हुन् । दुर्गेश लेख्छन्, समयसँगै हरेक पल नयाँ पलहरुको जन्म हुन्छ । ती नयाँ पलहरूलाई उपलब्धि मुलक बनाई जिवनको सार्थकता बुझ्न प्रयास गरिररहेको हर मानवमा एउटा मात्र लक्ष्य हुन्छ जिवन कलात्मक बाँचौ खुसी संगालेर बाँचौ । आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जिवन बाँचौ । तर मानव नै मानवको रक्षक भक्षक दुबै रहेछ । म चाहन्छु मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् । आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाईरहंदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गितहरूलाई स्वतन्त्र छोडिएको छ । मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ, जुन दुखद छ । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठानका सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जिवन हजार बर्ष को होस् शुभकामना ।।

“पुनश्चः हिजो बद्री पंगेनीले PN campus र beauti number1 र ससुरालिमा हिजो प्रजापति पराजुली ले लाल साडि मे हिन्दी भाषा मा गाएका छन कोमल वली पोईला जान पाम, देखी कुमार बस्नेत का आमा भन्दा छोरी तरुनी,सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निबर्मान अध्यक्ष हुन यस्ता धेरै उदाहरण छन जो आफैमा बिरोधाभाष छन्”, दुर्गेश लेख्छन् ।

एक टेलिभिजन अन्र्तवार्तामा गीत लय गुमाएर गीत गाएपछि उनको ‘आलु जस्तो गायक’ भन्दै आलोचना भएको थियो । उनले यसमा पनि गीत बनाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha