आर्यनको हातमा हत्कडी लगाएको’जब’रिलिज (भिडियो)

नायक आर्यन सिग्देलको जन्मदिनको अवसर पारेर ‘जब’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विशाल सापकोटाको निर्देशनमा बनेको भिडियोमा आर्यनको हातमा पुलिसले हत्कडी लगाएका छन् । भिडियो :

सुशान्त गौतमको संगीत रहेको गीतमा अनिल शर्माको शब्द छन् । स्वर सनुप पौडेलले दिएका छन् । भिडियोमा आर्यनको अपोजिटमा किरण चन्द प्रस्तुत भएकी छिन् । उज्जवल जोशीले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

भिडियोमा आर्यन र किरणको प्रेम जोडी सुहाएको छ । कोरोनाले फिल्म क्षेत्र ठप्प भएपछि आर्यनले फाट्ट फुट्ट म्युजिक भिडियो खेलिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha