यसरी मनाइन् दीपिकाले २२ औं जन्मदिन (फोटो फिचर)

प्रदर्शनरत फिल्म ‘ऐश्वर्य’ डेव्यु नायिका दीपिका प्रसाईंले आफ्नो जन्मदिन मनाएकी छिन् । दीपिकाले ‘ऐश्वर्य’ टिम, आफन्त र सञ्चारकर्मीसँग कात्तिक २३ गते परेको जन्मदिन सेलिव्रेट गरेकी हुन् । ‘मोडलिङ’ हुँदै ‘मुभी लाइन’ मा प्रवेश गरेकी दीपिका भर्खर २२ वर्षमा लागेकी छिन् । भिडियो हेर्नुस् :

बिहिबार दीपिकाको जन्मदिनसँगै फिल्म ‘ऐश्वर्य’ को सफलताको केक पनि एकसाथ काटियो । फिल्मले सफलता पाएकोमा एक अर्कालाई बधाई दिदैं निर्माता तथा अभिनेता रमेश उप्रेती, निर्देशक दिवाकर भट्टराई, निर्माता तथा कलाकार अर्जुन श्रेष्ठ, निर्मल शर्मा, संगीतकार अर्जुन पोखरेल, कलाकार तेञ्जु योञ्जन लगायतले दीपिकालाई जन्मदिनको शुभकामना दिए । दीपिकाको जन्मदिनका केही तस्बिरहरु हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha