‘फाटेको जुत्ता २’ बन्ने, एक साताको व्यापार यस्तो छ

फिल्म ‘फाटेको जुत्ता’ दोश्रो सातामा प्रदर्शन भैरहंदा यस फिल्मका निर्माता अर्जुन कुमारले ‘फाटेको जुत्ता २’ निर्माण गर्ने घोषणा गरेका छन् । निर्देशक निकेश खड्का र अभिनेता सौगात मल्ललाई दोहोर्याउने गरी बिहिबार प्रेस मिट गरेरै ‘फाटेको जुत्ता’ को सिक्वेल बनाउने घोषणा गरेका हुन् । ०७५ सालको बैशाख १ गते फाटेको जुत्ता २ प्रदर्शनमा आउने समेत निर्माता कुमारले प्रेसमिटमा बताए । भिडियो हेर्नुस् :

यस्तै निर्माता कुमारले ‘फाटेको जुत्ता’ को पहिलो साताको ग्रस कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेका छन् । निर्माता कुमारका अनुसार फिल्मले एक सातामा राजधानीबाट एक करोड ७८ लाख र मोफसलबाट एक करोड ७ लाखको ग्रस व्यापार गरेको छ । उनले दिएको हिसाबलाई जोड्दा एक सातामा फाटेको जुत्ता को ग्रस कलेक्सन २ करोड ८५ लाख हुन आउँछ । दोश्रो सातामा पनि फिल्म सत्तरी बढी पर्दामा लागि रहेको अर्जुन कुमारको भनाई छ ।

यस्तै निर्माता अर्जुन कुमार आफैंले फिल्म वितरण पनि गर्ने भएका छन् । बिहिबारको प्रेसमिटमा उनले फिल्म निर्माण सँगै अर्जुन कुमार फिल्मसले फिल्म वितरण पनि गर्ने जानकारी गराए । हामीले वितरणको जिम्मा लिएका फिल्मको प्रचारको जिम्मा पनि हामी आफैंले लिन्छौं, अर्जुनले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha