अनमोलको ‘कृ’ र श्वेताको ‘कान्छी’ सँगै आए के हुन्छ ?

लामो समयदेखि छायाँकन भैरहेको अनमोल केसी स्टारर फिल्म ‘कृ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता सुवास गिरीले सामाजिक सञ्जाल मार्फत बिहिबार मध्यान्ह् माघ २६ देखि ‘कृ’ प्रदर्शनमा आउने घोषणा गरेका हुन्।अनमोल केसी र नव नायिका अदीति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर मंसिरको पहिलो साता सार्वजनिक हुने समेत निर्माता गिरीले जानकारी गराएका छन् ।

तर माघ २६ मै प्रदर्शन मिति तोक्दै नायिका श्वेता खड्काले फिल्म ‘कान्छी’ को शिर्ष गएको साता सार्वजनिक गरेकी छिन् । दुई प्रतिक्षित फिल्मको एकै मितिमा प्रदर्शन मिति तोकिंदा फिल्मी वृत्तमा भने कम्पन गएको । ‘कृ’ र ‘कान्छी’ एकसाथ आए दर्शक भाँडिने धेरैले चिन्ता व्यक्त गरेका छन् । माघ २६ मा कुन फिल्म रिलिज होला, ‘कृ’ कि ‘कान्छी’ ? या दुवै फिल्म सँगै लाग्लान ?

यदि ‘कृ’ र ‘कान्छी’ एकसाथ प्रदर्शनमा आएमा दुवै फिल्मलाई नाफा कम घाटा ज्यादा पर्नेछ । हल बाँडफाँडमा प्रतिक्षित र पहुँचको खेल हुनेछ । हल कम पाउने फिल्मको प्रत्यक्ष असर व्यापारमा देखिनेछ । यसको असर निर्मातालाई पर्नेछ ।
माघ २६ बाट ‘कृ’ या ‘कान्छी’ मध्ये कुनै एक फिल्म सर्नुको विकल्प छैन ।

घाटा हुने बुझ्दा बुझ्दै पनि सँगै दुई फिल्म प्रदर्शनमा आएमा दुवै फिल्मको निर्माताको खुट्टामा वञ्चरो पर्नेछ । चोट कति लाग्छ ? त्यो चाहिं दर्शकको हातमा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha