बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । उनी ४० बर्षका मात्र थिए । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ भारतिय मिडियाले उल्लेख गरेका छन् । उनको शरीरको पोस्टमार्टम गरिनेछ ।

कुनै औषधी सेवन गरेर सुतको सिद्धार्थको वेडमै हृदयघात भएर निधन भएको बलिउड मिडियामा उल्लेख छ । सिद्धार्थ ‘बीग बोसल १३’का विजेता हुन् । उनको जन्म जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । सुशान्त सिंह राजपुत पश्चात बलिउडमा जवान कलाकार सिद्धार्थको असमायिक निधन भएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha