‘बटरफ्लाई’ मा ‘मन छुने’ कुरा गर्दै आर्यन र प्रियंका

नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की स्टारर फिल्म ‘बटरफ्लाई’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको ‘गाउँदिन अब गीत गजल’ बोलको गीत निकै सुमधुर छ भने भिडियो पनि उत्तिकै राम्रो छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर निकै कर्णप्रिय छ । लोभलाग्दो लोकेशनमा कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

ओम प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको ‘बटरफ्लाई’ मा सुरेश बज्रचार्यको सिनेम्याटोग्राफी छ । द्धन्द्ध निर्देशन कुमार महर्जनले गरेका छन् । पुष्पाञ्जली अधिकारी, रामशरण राणा र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्ममा सरोज शाह, मन्दिल श्रेष्ठ सह निर्माता र रमेश प्रजापति कार्यकारी निर्माताको रुपमा रहेका छन् । बटरफ्लाईको सार्वजनिक गीत यस वर्षको रोमान्टिक हिट गीतमा पर्नेछ । फिल्म पुष २८ देखि प्रदर्शनमा आउँनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha