नाम फेरवदल गर्दै केकी र नाजिरको ‘चिप्पक…’रिलिज

नाम फेरवदल गर्दै फिल्म ‘राज्जा रानी’ को ‘चिप्पक चिप्पक’ बोलको गीत रिलिज गरिएको छ । दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा नरहरी प्रेमी र सुम्निामा लोको स्वर छ । केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्मको नाम यसअघि ‘रज्जा रानी’ राखिएको थियो । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :

आर्यन फिल्मस् प्रोडक्सनको प्रस्तुती रहेको राज्जा रानी लाई याम थापाले निर्देशन गरेका हुन् भने रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । पुष २१ गते प्रदर्शनमा आउने रज्जा रानी लाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha