‘डाँडाको वर पिपल’को पहिलो गीत रिलिज

फिल्म डाँडाको वर पिपलको पहिलो गीत रिलिज गरिएको छ । ‘काटि दिउँला जुँगा जम्मैं’ बोलको गीतमा स्व.गायक खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाले दिएका छन् । शब्द तथा संगीत उमंग लामाको छ । भिडियो हेर्नुस् :

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको गीतमा कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतको नृत्य देख्न सकिन्छ । सुशान्त प्रजापतिले छायाँकन गरेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गर्दैछन् ।

शोभित बस्नेत निर्देशित फिल्म डाँडाको वरपिपलाई नवराज गिरीले निर्माण गरेका हुन् । फिल्म दशैंमा हल र ओटीटीमा रिलिज हँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha