सुधिर र रेश्मालाई ‘पर्नु पिर पर्यो’ (भिडियो)

डिपि खनालको शब्द, संगीत तथा स्वरमा ‘पर्नु पिर पर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा खनाललाई गायिका रचना रिमालले साथ दिएकी छिन् । भिडियो :

सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय छ । भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ । बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानीलाई याद गरिएको छ । क्याम्पस पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha