मलाई “महानायिका” उपाधी चाहिएको छैन् : गौरी मल्ल

अभिनेताद्वाय शिव श्रेष्ठ र भुवन केसीबाट ‘महानायिका’ को उपमा पाएकी अभिनेत्री गौरी मल्लले कुनै पनि व्यक्ती उपाधी धान्न सक्ने हुनुपर्ने बताएकी छिन् । यद्पी गौरी आफैैंले पनि आफुलाई कुनै पनि उपाधी नचाहिएको बताइन् ।

‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ । उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि उपाधिको लागि आफू लायक छु या छैन भनेर अन्तरबोध गर्न आवश्यक छ’ गौरी भनिन्, ‘मैंले काम सुरु गर्दा कुनै उपाधि पाइन्छ भनेर गरेकै होइन । विस्तारै हिड्दै हिड्दै यहाँ आएकी हुँ । मलाई त यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन । यहाँ त उपाधि भनेको कुनै पनि तस्वीरलाई भित्तामा सजाएर पूजा गरे जस्तो मात्र भएको छ । यसैले, मलाई यस्ता उपाधि चाहिएको पनि छैन । हामी काम गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ ।’

केही समय अगाडी अभिनेत्री करिश्मा मानन्धरलाई एउटा संस्थाले महानायिकाको उपमा दिदैं सम्मान गरेको थियो । करिश्माले पाएको सो सम्मानपछि नेपाली फिल्म क्षेत्रको महानायिका को हो त भन्ने विषयमा बेला बखत बहस हुँदै आएको छ ।

राजेश हमाललाई दिइएको महानायक उपमामा पनि बिरोध र समर्थन हुँदै आएको छ । नेपाली फिल्म क्षेत्रको खास महानायक र महानायिका चाहिं आखिर को हो त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha