केकी अधिकारी र गौरव पहारीको ‘घिन्ताङ’ लुक्स

फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । काभ्रेको पनौतीबाट फिल्मको छायांकन सुरु गरिएको निर्माता तथा निर्देशक दीपक श्रेष्ठले जानकारी दिएका छन् । गत सातादेखि सुरु गरिएको छायाँकन बीस दिनमा सकाउने निर्माण पक्षको योजना छ ।

फिल्म ‘घिन्ताङ’ मा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका छ । साथमा कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको पनि फिल्ममा अभिनय रहनेछ । राज लामाको प्रस्तुतिमा बनिरहेको फिल्ममा संकल्प भुजेलको छायांकन र दिपक शर्माको संगीत छ ।

निर्देशक दिपक श्रेष्ठ ९ बर्षपछि एक्सन कटमा फर्किएका हुन् । लामो समयपछि फिल्ममा फर्किएका निर्देशक श्रेष्ठले घिन्ताङ लाई महत्वकाँक्षी प्रोजेक्टका रुपमा लिएका छन् । छायाँकन सेटबाट फिल्मको फस्ट लुक्स समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha