सन्तोष अधिकारीको ‘म नेपाल हो’ हेर्नुस् (भिडियो)

सन्तोष अधिकारीको निर्माण रहेको राष्ट्रिय गीत ’म नेपाल हो’को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । भिडियो :

गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतको उपस्थीति रहेको थियो । निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । अजय अधिकारीको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका हुन् । बादल थापा मगरको स्वर रहेको गीतलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् । अमितेश कणर्को ड्रेस डिजाइन रहेको गीतमा सुरेन्द्र ठकुरीको मेकअप रहेको छ ।

निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । निर्माता अधिकारीको लगानी रहेको सिनेमा तीन जन्तु प्रदर्शनको पखाईमा रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha