‘कान्छी’ र ‘कृ’ रिलिज : श्वेताले लेखिन्,’अन्तिम निर्णय दर्शकको हातमा’

यतिबेला मा २६ को मितिलाई लिएर फिल्मी वृत्तमा चर्चा छ । श्वेता खड्काको ‘कान्छी’ र अनमोल केसीको ‘कृ’ ले एकै दिन प्रदर्शन मिति तोकेकोपछि मिडिया तातेको छ । दर्शकको ध्यान माघ २६ मा दुई मध्ये कुन फिल्म आउला भन्ने छ ? यस्तैमा ‘कान्छी’ कि नायिका तथा निर्मात्री श्वेता खड्काले शनिबार आफ्नो फेसबुक मार्फत लामो स्टाटस लेख्दै एकै मितिमा बहुप्रतिक्षित फिल्म नलाग्ने विश्वास तुलाएकी छिन् । श्वेताको स्टाटस यस्तो छ :


करिव २ बर्षको बिश्राम पश्चात बनेको मेरो चलचित्र ’कान्छी’ ले तय गरेको माघ २६ लाई अनमोल केसी अभिनित ’कृ’ ले पनि आफ्नो रिलिज मिती तोकेको अपुस्ट खबरले यतिखेर सिनेमा बजार तातेको छ । मैंले आत्मा देखि नै आदर गर्ने आदरणीय दाजु भुवन के.सी र सुवाश गिरी ज्यु ले निर्माण गर्नु भएको ’कृ’ले कान्छी कै रिलिज मितिलाई आफ्नो सिनेमाको रिलिज मितीको रुपमा तय गर्नु भएको खबर केही अनलाइन मिडिया मार्फत बाहिरिनुले हामी दुबैको सिनेमा एक अर्काको प्रतिध्वन्दीको रुपमा बजारमा उत्रने शंका उपशंका गरिएको छ । र, यस्ले दर्शक दिर्घामा केही नैराश्यता उत्पन्न भएको अनुभव गरेकी छु ।

अफिसियल रुपमा बाहिर नआएको यो समाचारले यि दुबै फिल्म हेर्न आतुर दर्शक दिर्घाको मनमा निराशा पैदा गरेको गुनासाका शब्दहरु मेरो मोबाइल र सामाजिक संजालको म्यासेज बक्समा निरन्तर आइरहेका छन् । हुनत फिल्मी क्षेत्र आफैमा व्यवसायिक क्षेत्र भएकोले यस्मा नाफा घाटाको बिषय पनि प्रमुख भएर आउँछ । कस्लाई घाटामा लाने र कस्लाई नाफामा लाने भन्ने अन्तिम निर्णय भगवान शरह दर्शक दिर्घाकै हातमा छ तर नाफा घाटाको बिषयलाई एउटा कुनामा पन्छाएर दर्शक दिर्घाको चाहनालाई मनन गर्ने हो भने यि दुई बहुप्रतिक्षित सिनेमा एकैसाथ नआओस् भन्ने एथेस्ट प्रतिकृयाहरु पाएको छु । हामीलाई कलाकारको रुपमा स्थापित गराउने दर्शकहरु नै हुन् ।

अतः हामीले दर्शक दिर्घाको भावनालाई लत्याउनु भनेको कलाकारिताको धर्मबाट बिमुख हुनु खोज्नु सिवाय केही होइन । यो फिल्म इन्डस्ट्री हाम्रो मन्दिर हो भने हामी कलाकारहरु यस्का पूजारी हौ र दर्शकहरु हाम्रा भगवान । हामीले हाम्रो इण्डस्ट्रीलाई मन, बचन र कर्मले स्वच्छ, सफा र सुन्दर बनाई राख्न सक्नु पर्दछ । यो कार्यमा हामी सबैले कुनै रिष,राग र द्वेश नराखी पवित्र भावका साथ अगाडि बढ्नु सिवाय अन्य उपाए देख्दिन । ’कान्छी’ र ’कृ’ले हाम्रो फिल्म इन्डस्ट्रीमा भईरहेको बेथितीहरुलाई आत्मसाथ गर्दैन् । बरु हाम्रो सिनेमा क्षेत्रमा देखिएको यावत् समस्याहरुलाई समाधानका लागि सामुहिक पाईला चाल्ने छ ।

सिनेमा जगतलाई नजिकबाट चिनेका र बुझेका हामी दुबै टिमले दर्शकहरुलाई निरास पार्ने काम भएमा हामीले हामीलाई फिल्म इन्डस्ट्रीको ’कलाकार’ का रुपमा चिनाउन पनि लाजमर्दो हुने यथार्थ लाई दुबै पक्षले मनन् गरेका छौ र हामी दुबै टिम बाट दर्शक दिर्घालाई निरास पार्ने काम हुने छैन भन्ने म मेरो ब्यक्तिगत प्रतिवद्दता जाहेर गर्न चाहन्छु ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha