‘सरकारी अड्डा’मा निश्चल स्वस्तिमाको विविध रुप (भिडियो)

निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । सरकारी अड्डा बोलको भिडियोमा निश्चल र स्वस्तिमालाई विभिन्न भूमिकामा देख्न सकिन्छ । भिडियो :

भिडियोमा निश्चल सैनिक हुँदै शिक्षाकको भूमिकामा प्रस्तुत भएका छन् । यस्तै स्वस्तिमा पनि नर्स र सेकेण्ड लेफ्टिनेन्टको भूमिकामा फिट देखिएकी छिन् । नाच फिरिरी, कुटुमा कुटु, चट्ट रुमाल, तातो गोलीमा जस्ता सफल गीत खेलेका निश्चल स्वस्तिमाको यो भिडियोमा पनि जोडी जमेको छ । निकेश खड्काको कथा, पटकथा र निर्देशन रहेको भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।सुबोल थापाको नृत्य निर्देशन रहेको भिडियोको सम्पादन विकास धमलाले गरेका छन् । छायाँकन मानकृष्ण महर्जन र बुद्ध थापा मिलेर गरेका हुन् ।

दिपक शर्माको संगीत रहेको सरकारी अड्डामा रचना रिमाल र पदम राईले स्वर दिएका छन् । शब्द डिपी खनालको हो । बुधबार प्रेसमिट गर्दै भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha