खुसी बाँड्दै प्रकाश सपुत र गरिमा शर्मा (भिडियो)

लेखु सहयात्रीको शब्द र संगीतमा ‘खुसी बाँडे बढ्छ खुसी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्वर गायक महेन्द्रराज बराल र गायिका रचना रिमालले दिएका छन् । प्रकाश सपुत र गरिमा शर्मा लगायत कलाकारहरुले अभिनय गरेको गीतको भिडिया हेर्नुस् :

रोयल पेन्ट्सको प्रस्तुती रहेको दशैंको भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका छन् । कोरियोग्राफी जेरी भण्डारीको छ भने क्रियटिभ निर्देशको रुपमा विशाल घिमिरे छन् । अनिल के.मानन्धरको छायाँकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । बुधबार सर्जक प्रकाश सपुतलाई रोयल पेन्ट्सको दूतको रुपमा घोषणा गर्दै भिडियो दशैं गीतको सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha